• २०८३ जेष्ठ ८ गते शुक्रवार

अदालतभित्र गोली चल्यो :तीनको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, एजेन्सी। दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । शुक्रबार हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन् । उक्त ग्याङ्गफाइटमा गोगीसमेत तीनजना मारिएका छन् ।

यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार गोगी पेशीका लागि अदालत आएका थिए । गोली लागेलगत्तै उनको मृत्यु भएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए । उनीहरुले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली चलाए । प्रहरीको स्पेशल सेलको जवाफी कारवाहीमा दुबैको मृत्यु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस