• २०८३ असार १८ गते बिहिवार

गृहमन्त्री थापाले भेटे प्रधानमन्त्री ओलीलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार पुगेर भेटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले आज ओलीलाई भेटेका हुन् ।

बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै निर्णय गरिसकेका छैनन् । पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर मंगलबार बिहान प्रचण्डले बादललाई भेट्दै आफूलाई साथ दिन आग्रह गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस