• २०८३ बैशाख ७ गते सोमवार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलको मूल्य १२७ रुपैयाँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

आषाढ ०९, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो ।

अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाउँदै पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस