• २०८३ जेष्ठ ८ गते शुक्रवार

प्रधानमन्त्री ओलीद्वारा महाधिवेशन आयोजक समितिको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

आफ्नो सरकारी निवासमा आज बोलाएको केन्द्रीय समितिको बैठकबाट ११९९ सदस्य आयोजक समिति गठन गरेको बताईएको । नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

यसअघि बसेको स्थायी कमिटीको बैठकले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । यता, नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि आजै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस