• २०८३ बैशाख २५ गते शुक्रवार

यूरोकप फुटबल : सेमीफाइनलमा इटालीले स्पेनको सामना गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौं । यूरो कप फुटबल २०२० को पहिलो सेमीफाइनल खेलमा इटालीले स्पेनको सामना गर्दैछ । दुई राष्ट्रबीचको विजेताले उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।


इंग्ल्याण्डको वेम्ब्ली रङशालामा दुई टोलिले यूरोपियन च्याम्पियनशीपको नक आउट चरणमा एक अर्का बिरुद्ध खेल्न लागेको यो चौथो अबसर हो । यूरोपियन च्याम्पियनशीपमा समग्रमा भने दुबै टोलिले हालसम्म सात पटक एक अर्का बिरुद्ध खेलेको छ । जसमध्ये स्पनेले सन् २०१२ को फाइनलमा मात्र एक पटक इटालीलाई हराएर उपाधि जित्न सकेको छ ।

इटालीले भने सन् २०१६ को यूरो कपको अन्तिम १६ मा स्पेनलाई हराएको थियो । स्पेनले भने चार अबसरमध्ये तेस्रो पटक यूरो कपको उपाधि जित्ने खोजमा रहेको छ । इटाली भने हालसम्म एक पटक मात्रै यूरो कप फटबल जित्न सकेको छ । सन् १९६८ मा पहिलो र एकपटक मात्रै इटालीले यूरो कप उचालेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस