• २०८३ जेष्ठ १८ गते सोमवार

सरकारलाई काम गर्न नसक्नेगरी घेराबन्दीमा पारे : प्रधानमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै सरकारलाई काम गर्न नसक्नेगरी घेराबन्दीमा पारेपछि संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जानु परेको बताउनु भएको छ । उहाँले संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ला भन्ने कसैले नसोचेको भए पनि बाध्य भएर त्यस दिशामा जानुपरेको बताउनु भयो

उहाँले सरकारलाई काम गर्न नदिनेगरी घेराबन्दी गरेर काम गर्न नदिएको बताउनु भयो । जननिर्वाचित सरकारलाई असहयोग, घेरबन्दी गरेपछि सार्वभौम जनतासमक्ष जानुको विकल्प नरहेको बताउर्दै प्रधानमन्त्री ओलीले आफू देशबाहिर रहेको बेला देश डुब्न लागेको भन्दै आफ्ना पार्टीका नेताहरुले प्रचार गरेको पनि आरोप लगाउनु भएको छ ।

उहाँले एक अध्यक्षले पार्टी र अर्को अध्यक्षले सरकार चलाउने भने पनि सो अनुरुप पार्टी चल्न नसकेको बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस