• २०८३ मङ्सिर ४ गते बिहिवार

वैशाखमा चुनाव हुनेवाला छैन, देश अध्यारो सुरूंगमा फसिस्क्यो : बाबुराम भट्टराई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ६ , काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताउनुभएको छ । सरकारले वैशाख १७ र २७ मा चुनाव गर्ने आइतबार मितिसमेत तोकेको थियो ।

आज सामाजिक सञ्जालमार्फत वैशाखमा चुनाव नहुने र देश अप्ठ्यारोमा फसेको उहाँले बताउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘वैशाखमा चुनाव हुनेवाला छैन। देश अध्यारो सुरूंगमा फसिस्क्यो ।’

उहाँले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय उल्टाउनेमा पनि शंका जनाउनुभएको छ । डा. भट्टराईले भन्नुभएको छ, ‘वैधानिकरकानूनी उपचारको झिनो आशा होला, तर भर गर्न सकिन्न ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद आइतबार भंग गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस