पौष ६,काठमाडौँ। राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । आज दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।
संसद भंग गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने बताईएको छ ।