• २०८३ बैशाख २२ गते मङ्गलवार

टिकटक बनाउने क्रममा पुलबाट खस्दा एक युवक गम्भीर घाइते

तेज वली पढ्न लाग्ने समय : १ मिनेट

पुष ५, दाङ । पश्चिम दाङमा झुलुंगे पुलबाट लडेर एक जना युवा गम्भीर घाइते भएका छन् ।शनिबार दिउंसो दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा लडेर एक जना गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा गम्भिर घाइते भएका हुन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बांकेको कोहलपुर मेडिकलमा रेफर गरिएको अस्पतालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस