पौष ४, काठमाडौँ । आज काठमाडौँका बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको हो । यी स्थानमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।
साथै सो कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा छिटो लाइन सुचारू हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ ।