• २०८३ बैशाख २० गते आइतवार

रौतहटमा कटुवा पेस्तोलसहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, रौतहट । रौतहटमा कटुवा पेस्तोल र थ्रिनट थ्री राइफलको एक थान गोलीसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रौतहटको दुर्गा भगवती गाउँपालिका वडा ५ बाट यमुनामाई गाउँपालिका ४ निवासी २५ वर्षीय दिलिप शाहलाई बिहीबार साँझ पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले बिआर ३० एम ४८४१ नम्बरको मोटरसाइकलमा साहमाथि शंका लागेपछि चेक गर्दा कम्मरमा राखेको अवस्थामा उक्त हतियार फेला परेको प्रहरीको भनाइ छ।

पक्राउ परेका साहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस