• २०८३ जेष्ठ १० गते आइतवार

निर्वासनमा रहेका तिब्बती पत्रकारहरूले मनाए प्रेस स्वतन्त्रता दिवस, भाषा प्रवर्द्धनमा जोड

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २०, काठमाडौं ।  निर्वासनमा रहेका तिब्बती पत्रकारहरूको संस्था तिब्बती पत्रकार संघ (एटीजे)ले शनिबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ। ‘हामी हाम्रो भाषाका संरक्षक हौं। तिब्बती भाषा सिकौं, प्रयोग गरौं र प्रवर्द्धन गरौं’ भन्ने विषयवस्तुका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो।
तिब्बती डायस्पोराको राजधानीमा आयोजना गरिएको कार्यक्रमले पत्रकार र मिडियाकर्मीहरुलाई एकै ठाउँमा ल्याएको थियो।

तिब्बती आध्यात्मिक नेता दलाई लामाले तिब्बती भाषाको संरक्षण गर्न हालै गर्नुभएको अपीलबाट मिडियाकर्मीहरु प्रेरित भएको जनाएका छन् । तिब्बतमा हालैका विकासक्रमहरूमा बढ्दो चिन्तालाई आयोजित कार्यक्रमले थप प्रष्ट पारेको छ । एटीजेका अध्यक्ष केल्साङ जिनपाले निर्वासनमा रहेका  तिब्बतीहरूले विस्थापनको जीवन बिताउँदा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरेको बताए । उनले स्वतन्त्रता, समानता, न्याय र मानव अधिकारको रक्षा र समर्थन गर्न प्रतिबद्ध रहेको बताए।

हालै जारी गरिएको एक प्रेस विज्ञप्तिमा चार प्रमुख मागहरू चिनिया सरकार समक्ष माग समेत गरेका छन् । यसमा ११ औं पञ्चेन लामा सहित सबै तिब्बती राजनीतिक बन्दीहरूको तत्काल र बिना शर्त रिहाइ, साथै उनीहरूको ठेगाना र अवस्थाको बारेमा पूर्ण पारदर्शिता हुनुपर्ने माग अघि सारिएको छ । तिब्बती पत्रकार संघ एक स्वतन्त्र, गैरनाफामुखी संस्था हो जुन १९९७ मा धर्मशालामा निर्वासनमा रहेका तिब्बती पत्रकारहरूको समूहद्वारा स्थापित भएको थियो। यसको उद्देश्य तिब्बत भित्र र निर्वासनमा रहेका तिब्बतीहरू बीच तिब्बती समुदायको बारेमा जानकारीको स्वतन्त्र, निष्पक्ष र सही प्रवाहलाई प्रोत्साहित गर्नु हो।

Sharing

प्रतिक्रिया दिनुहोस