पुष ०२ मुगु । जिल्लामा रहेको एक गाउपालिकाले विद्यार्थीको लागि सुनौलो अवसर प्रदान गरेको छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाले यस वर्ष हिउदे महिनाका सामुदायिक विद्यालयका विद्यार्थीहरु हिउदे विदामा पनि अध्यायन गर्न पाउने भएका छन् ।
यो समय विद्यार्थीहरुको लागि सुनौलो अवसर भएको मुगुमकार्मारोगं गाउपालिकाले जनाएको छ । गाउपालिकाका अनुसार विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले ८ महिना सम्म थला परेको विद्यालय विद्यार्थीहको समस्या लाई मध्येनजर गर्दे यो हिउदे समयमा पनि विद्यालय बन्द नगर्ने निर्णय भएको गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । उनका अनुसार ८ महिना पछि बन्द रहेका विद्यालय खुलाउने निर्णय निर्णय गरिएको हो । गाउँपालिकाका विद्यालयहरु मंसिर १८ गतेदेखि संचालनमा आएको वुद्ध माद्यमिक विद्यालयका प्रधानाध्यापक टिका लक्ष्मि उपाध्याले बताए । उनले भने यो अत्यधिक जाडोको समयमा केही विद्यालयका विद्यार्थीहरु आगो तापेर पनि पठनपाठन संचालन गरिहरेको उनको भनाई रहेको छ ।
आवासिय विद्यालय पनि सञ्चालन
गाउपालिकाले विद्यार्थीहरुको पठनपाठनमा पर्न गएको असुविधा लाई मनन गरेर पनि आवासिय विद्यालय पनि सञ्चालनमा ल्याएको छ । जम्मा २ सय भन्दा बढि विद्यार्थीहरुको समुहमा राखेर आवाशिय विद्यालयमा पनि पठनपाठन सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज कठायतले जानकारी दिए । गाउपालिकाका अध्यक्ष लामाका अनुसार यो आवासिय विद्यालयमा पनि विशेष किसिमका सेवा सुविधा प्रदान गरि विद्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।