असोज ५, काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज सङ्कटा क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । दशरथ रंगशालामा भएको खेलमा सङ्कटा क्लबले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलले हरायो । उसका लागि विदेशी खेलाडी टेमिलोपे जेनिफरले ४ गोल गरिन ।

सङ्कटा ८ अङ्कसहित छैठौँ स्थानमा छ भने सुदूपश्चिम अङकविहिन हुँदै पुछारमा छ । आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई २–० गोलले हराएको छ । उसका लागि दुवै गोल सम्झाना लावतीले गरिन् ।
पुलिस १५ अङ्कसहित तेस्रो र वालिङ १२ अङ्कसहित चौथो स्थानमा छ ।