• २०८३ जेष्ठ २८ गते बिहिवार

गोकर्णेश्वरबाट यार्सागुम्बासहित चार पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं । प्रहरीले गोकर्णेश्वरबाट ८ सय ६७ ग्राम यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकैबाट चार जनालाई शनिबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जोरपाटी बस्ने २४ वर्षीय विशाल परियार, माकलबारी बस्ने ५९ वर्षीय सुनिल तामाङ, सुकेधारा बस्ने ५५ वर्षीय शेरबहादुर थापा र बुढानिलकण्ठ बस्ने २२ वर्षीय हिमाल गुरूङ रहेका महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए। नारायणटारमा अवैध रूपमा खरिदबिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तिसार नक्सालमा पठाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस