• २०८३ बैशाख २७ गते आइतवार

श्रेष्ठको निधनको शोकमा कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७, काठमाडौँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन २६, २७ र २८ गते सम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालयबाट शुक्रबार तय गरिएको पूर्वनिर्धारित शोक कार्यक्रमलाई अनुमोदन गरेको हो ।

मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक दुरी कायम गर्दै शोक सभा आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

काठमाडौं जिल्लाका पूर्व सभापति एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि श्यामलाल श्रेष्ठको मंसिर २६ गते ८० वर्षको उमेरमा निधन भएको थियो । उनको निधनबाट नेपाली कांग्रेस स्तब्ध र मर्माहत भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस