• २०८३ बैशाख १७ गते बिहिवार

साफ महिला च्याम्पियनशिपमा भारत र बङ्गलादेश खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा आज समूह ‘ए’ का भारत र बङ्गलादेश खेल्दैछन् । यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ गोलले हराएको थियो । यस्तै बङ्गलादेशले पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो । भारत १ खेलमा ३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बङ्गलादेश १ खेलमा १ अङ्कसहित दोस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ अङ्कसहित पुछारमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस