मंसिर २७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका ८९९ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित दुई लाख ४७ हजार ५९३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३५९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ३४ हजार २३१ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयमा अनुसार पछिल्लो चौबीस घण्टामा १५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६८९ पुगेको छ ।