मंसिर २७, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गराएकोमा शनिबार बिहान रिपोर्ट पोजेटिभ आएको हो ।

Interview with Nepali Congress leader Krishna Prasad Sitaula at his residence in Kathmandu on Friday, April 12, 2019. Photo: Skanda Gautam/THT
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हिजो साँझ स्वाब परीक्षण गराउनु भएको थियो। उहाँलाई कोरोना पोजेटिभ देखिएको हो । पौडेलका अनुसार उहाँ होम आइसोलेसनमै हुनुहुन्छ।
संक्रमण देखिएपछि आज बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकमा उनी अनुपस्थित भएका छन । सिटौला २९ गते महोत्तरीमा सरकारविरूद्ध हुने प्रदर्शनमा खटिने बताए पनि अब उनी जान नपाउने भएका छन्।