मंसिर २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार २१७ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस चौबीस घण्टामा एक हजार ६४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ३१ हजार ६०१ जना सङ्क्रमित निको भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।