• २०८३ जेष्ठ २ गते शनिवार

मालपोत कार्यालयका कार्यालय प्रमुख र लेखापढी व्यवसायी घुस रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, बारा । बारा मालपोत कार्यालयका कार्यालय प्रमुख र लेखापढी व्यवसायीलाई ६ लाख अतिरिक्त रकम सहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । बारा मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई अतिरिक्त रकम सहित नियन्त्रणमा लिइको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार उनिहरुले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भनेर अतिरिक्त रकम लिएका हुन । उनिहरुलाई सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले छ लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित जितपुर सिमरा उ.म.न.पा. वडा नं. २२, स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस