मंसिर २५, काठमाडौं । कोरोना संक्रमणबाट झापा, मोरङ र सुनसरीमा तीन वृद्धको मृत्यु भएको छ। मृत्यु भएका मध्ये २ जनाको अस्पतालमा र १ जनाको घरमै मृत्यु भएको हो ।
२३ गते अस्पताल भर्ना गरिएका सुनसरीको रामधुनी-७ का ६३ वर्षीय वृद्धको बिहीबार बिहान नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ। यस्तै दमक-१० का ६९ वर्षीय वृद्धको कोसी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो ।
उर्लाबारी नगरपालिकाका अनुसार मोरङको उर्लाबारी-१ का ८४ वर्षीय वृद्धको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ। उनी कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए । उनको बुधबार राति ९ बजे मृत्यु भएको हो ।