• २०८३ बैशाख २० गते आइतवार

मनोज गजुरेल विवाह गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । कलाकार मनोज गजुरेलले विवाह गर्ने भएका छन् । उनले एक टेलिभिजन कार्यक्रम मार्फत पटक दोश्रो विवाह गर्न लागेको बताएका हुन् ।

कोसँग विवाह गर्दैछन् भन्ने कुरा भने उनले सार्वजनिक गरेका छैनन् । केही व्यवहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्ने उनले बताए । यो गजुरेलको दोश्रो विवाह हो । उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो। प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो । उनीहरूका एक छोरा र छोरी रहेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस