मंसिर २१, ललितपुर । महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किरण बज्राचार्यले महानगरीय प्रहरी बृत्त सातदोबाटोको निरीक्षण गर्नु भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले आइतबार महानगरीय प्रहरी वृत्त सातदोबाटोको निरीक्षण तथा निर्देशन कार्यक्रममा बोल्नुहुदै ललितपुर प्रहरी प्रमुखले प्रहरी कार्यालयमा आउने सेवा ग्राही पिडित भएर नै आउने हुनाले उहाँहरूको परेको पिरमर्कालाई आफुलाईनै परेको पिडा हो भन्ने सम्झि, सरल, छिटो र छरितो तरिकाले सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।
कर्तव्य पालनाको शिलशिलामा आफ्नो पदिय हैसितमा म ठूलो हुँ भन्ने भावनालाई थाति राखी जिम्मेवारीको गहनतालाई बुझि जिम्मेवार भई सेवा प्रवाह गर्न समेत निर्देशन दिनु भयो । तपाईको कार्य पाईला पाईलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाट समेत निगरानी भैरहेको हुनाले गलत गर्ने प्रहरी कर्मचारीहरूलाई क्षमा नगर्ने दोहोर्याउदै व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता गरि सेवा ग्राहीलाई दु:ख दिई अन्याय गर्ने काम गरेमा त्यस्ता प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउन समेत आफू पछि नपर्ने बताउनु भयो ।
कानूनको उल्लंघन गर्ने जो कोही भएपिन ओहदा नहेरी कानूनी दायरामा ल्याउन निर्देशन दिदै कानूनको सहि तरिकाले निर्दयीता पूर्वक कार्यान्वयन गर्दा जस्तो सुकै दवाव आएपनि पछी नहटन निर्देशन दिनुभयो । विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यस तर्फ सचेत रहदै शान्ती सुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिन रात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न समेत उहाले निर्देशन दिनुभयो ।