मंसिर १९, मोरङ । उदयपुरको कटारीमा रहेको शौर्य चुन ढुंगा खानीमा अज्ञात समूहले चारवटा शक्तिसाली बम विष्फोट गराएको छ । उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार बिहीबार राति १२ः३० बजेतिर तीन÷चार जनाको संख्यामा आएको समूहले विष्फोट गराएको हो ।
उनका अनुसार अज्ञात समूहले कटारी नगरपालिका–८ भान्टाबारीस्थित खानीमा चारवटा विष्फोटन गराएको छ । विष्फोटपछि फरार रहेको समूहको खोजी भइरहेको दाहालले बताए । उनका अनुसार कुन बम विष्फोट गराइएको हो भन्ने यकिन हुन बाँकी छ । विष्फोटबाट एउटा मोटरसाइकल र एक्साभेटरमा क्षति पुगेको घटनास्थललाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । घटनापछि आत्तिएर भागदौड गर्ने क्रममा चुन ढुंगा खानीमा कार्यरत चार जना मजदुर घाइते भएका छन् ।