• २०८३ बैशाख ३१ गते बिहिवार

बुटवलमा ट्रकको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, बुटवल । बुटवलमा ट्रकले स्कुटर लाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बुटवलको राजमार्ग चौराह बाट नेपालगन्ज तर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्वरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटर लाई ठक्कर दिँदा बुटवल ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको हो ।

लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक प्रवेशद्वार अगाडि राजमार्गमा बुधबार उक्त दुर्घना भएको हो । शर्माको घटनास्थलमै ज्यान गएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस