• २०८३ भाद्र २९ गते सोमवार

झण्डै ९ महिनापछि सञ्चालन आए दाङका विद्यालय र क्याम्पस

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, दाङ । कोरोनाको कारणले ९ महिनासम्म ठप्प बनेका शैक्षिक संस्थाहरु संचालनमा आउन थालेका छन् । सरकारले जारी गरेको पछिल्लो ‘विद्यालय सञ्चालन सम्बन्धीकार्य ढाँचा–२०७७’ अनूरुप दाङका विद्यालय र क्याम्पसहरुमा पठनपाठन शुरु गरिएको हो ।

घोराही उपमहानगरपालिकाले निश्चित मापदण्डभित्र रहेको विद्यालयहरु खोल्न अनुमति दिएको छ । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअपनाएर विद्यार्थीहरुको भौतिकउपस्थितीमाविद्यालायहरुमापठनपाठन सञ्चालनमा भइरहेको उपमहानगरको युवा, खेलकुद तथा शिक्षामहा शाखाका प्रमुख विनोदकुमार गौतमले जानकारी दिनुभयो । दैनिक ६ घन्टा पठनपाठन हुने गरी विद्यालय सञ्चानल गर्ने अनुमतीदिएको बताउनुहुन्छ । ‘कक्षा कोठामा सामाजिक दुरी कायमगर्दै स्वास्थ्य सुरक्षा सम्बन्धीका सबै मापदण्डहरु अपनाएर पठन पाठन शुरु गर्न भनेका छौं’ उहाँले भन्नुभयो । दाङमा सबैजसो विद्यालयहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाउदै विद्यायल सञ्चालन भइरहेका छन् ।

यता, त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्सहरुमा पनि पठनपाठन शुरु भएको छ । विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका स्नातक तहका कक्षाहरु शुरु भएको छ । कोरोना संक्रमणको अवस्था हेरेर विद्यालयपुनः सञ्चालनगर्न दिने नदिने भन्ने अधिकार स्थानीय तहलाई छ । स्थानीय तहकै अनुमती शैक्षिक संस्थाहरुमा पठनपाठन शुरु भएको छ । कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि ठप्प बनेका शैक्षिक संस्थाहरु झण्डै ९ महिनापछि सञ्चालन आएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस