• २०८३ जेष्ठ २५ गते सोमवार

आइपिएल : पन्जाब किंग्सले दियो सनराइजर्स हैदरावादलाई २ सय ४६ रनको चुनौति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं । पन्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादलाई २ सय ४६ रनको चुनौति दिएको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पन्जाबले पहिले ब्याटिङ गर्यो। २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रनको ठूलो योगफल खडा गर्यो।

कप्तान श्रेयस अयरले सानदार ब्याटिङ गरे। ३६ बल खेल्दै ६ चौका र ६ छक्का सहित सर्वाधिक ८२ रन बनाए।

प्राभिसिमरन सिंहले ४२ रन जोडे। प्रियान्स आर्याले ३६ रन र नेहाल वादेराले २७ रन बनाए। यस्तै मार्कस स्टोनिस अविजित ३४ रनमा रहे। उनले मात्र ११ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे।

बलिङमा हर्ष पटेलले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ४ विजेट लिए। इशान मालिङ्गाले २ विकेट झारे।

पन्जाबले ४ खेलमा ३ जित र १ हारका साथ ६ अंक जोडेको छ‌। पन्जाब अंक तालिकाको पाँचौं स्थानमा रहेको छ। संघर्षरत सनराइजर्स ५ खेल खेलिसकेका मात्र एक खेल जितेको छ। २ अंक सहित सनराइजर्स लिगको पुछारमा रहेको छ।

आइपिएलमा यसअघि पन्जाबर सनराइजर्स २३ पटक भिडेका छन्। जहाँ सनराइजर्सले १६ र पन्जाबले ७ पटक जितेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस