• २०८३ बैशाख २१ गते सोमवार

३० किलो गाँजासहित एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, बाँके। नरैनापुर गाउँपालिकाबाट ठुलो परिमाणमा गाँँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भगवानपुका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतम र ईलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी नायब निरीक्षक श्याम लाल अर्यालको संंयुक्त टोलीले गाउँपालिकाको वडा नम्बर ४ जयरापुर्वाबाट ३० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको हो।

गाँजासहित पक्राउ पर्नेमा वडा नम्बर ४ जयरापुर्वाकै धनीराम यादब रहेका छन् । बिशेष सुचनाका आधारमा प्रहरीको टोलीले यादबलाई बुधबार साँझ ६ बजे गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन् । पक्राउ परेका यादबसँग थप अनुसन्धान भइरहेको बाँके प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस