• २०८३ बैशाख १० गते बिहिवार

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर १६, काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गर्दै कार्य प्रारम्भ गरेको छ । सरकारका अनुसार आमनागरिकले स्वास्थ्यसँग बाँच्न पाउनुपर्ने संविधानको मौलिक हकअनुसार स्थानीय तहमा सुविधा सम्पन्न पूर्वाधार, चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरण उपलब्धताका लागि महाअभियानका रूपमा एकसाथ आधारभूत अस्पताल निर्माणको कार्य थालिएको हो ।

अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सक्रियतामा एकैपटक त्यति धेरै स्थानमा आधारभूत अस्पताल निर्माण कार्यको थालनी गरिएको हो । एकै दिन एकैपटक यति ठूलो संख्यामा अस्पताल निर्माण कार्यको थालनी गरिएको यो इतिहासमा नै पहिलोपटक भएको सरकारी अधिकारीको दाबी छ । यद्यपि, ती अस्पताल समयमा नै सम्पन्न हुने वा नहुने भन्नेमा भने गम्भीर चुनौती थपिएको उनीहरूको भनाइ छ ।

प्रदेशमा पनि अस्पताल बनाउन ५६ करोड

स्थानीय तहमा अस्पताल बनाउन १८ करोड

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा

जग्गा नहुने स्थानीय तहलाई लिजमा लिने सुविधा

अस्पताल अभावका कारण समयमै उपचार नपाएर ज्यान गुमाइरहेका नागरिकको अवस्थालाई मध्यनजर गरी अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँको स्रोत जुटाएर पठाएपछि सो कार्यको थालनी भएको हो । अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले ३ सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयबाट ५७ अर्ब ९७ करोडबराबरको स्रोत सुनिश्चित गरिएको जानकारी दिए । अब ती स्थानीय तहमा १८ करोडको सीमामा रहेर ५, १० र १५ बेडका अस्पताल निर्माण हुने मन्त्री पौडेलले बताए । अर्थ मन्त्रालयले एक साताअघि मात्रै ५, १० र १५ बेडको शøयाका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको थियो ।

यसैगरी सरकारले सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०र५० शैयाका अस्पताल निर्माणका लागि कार्य अघि बढाउन ५६ करोड रुपैयाँको व्यवस्थासमेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अब देशका कुनै पनि पालिका अस्पतालविहीन नहुने बताए । मन्त्री ढकालले देशभरमा सोमबार शिलान्यास गरिएका सबै अस्पतालको निर्माण कार्य समयमा नै सकिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री ढकालले जनताले छर्लङ देख्नेगरी स्वास्थ्य क्षेत्रमा सरकारले क्रान्तिकारी काम गरेको दाबी गरे ।

अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ विभिन्न स्थानीय तहमा पठाइसकिएको जानकारी दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०७७र७८ को बजेट एवं नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नै देशका सम्पूर्ण स्थानीय तहमा ५ देखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरेको थियो । जसका लागि सरकारले स्थानीय तहमा स्थापना हुने ५ देखि १५ शøयाका अस्पतालको आफ्नै जग्गा नभएमा लिजमा जग्गा उपलब्ध गराउने निर्णयसमेत गरिसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस