• २०८३ जेष्ठ २० गते बुधवार

धारिलो हतियार प्रहार गरेको आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं । धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका ३ नयाँचोक बस्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ घर भएका बिष्णु तिवारी रहेका छन् । उनलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले बुढानीलकण्ठ नगपालिका ५ बस्दै आएका सिन्धुपाल्चोक चौतरा नगरपालिका ४ घर भएका ३५ वर्षीय राजकुमार तामाङ्लाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका हुन् । घाइतेको महानगरीय प्रहरीले उद्दार गरी न्यूरो अस्पताल बाँसबारीमा उपचार गराई रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस