• २०८३ जेष्ठ ७ गते बिहिवार

जनताकाे चासोको विषयमा राखिएको प्रस्नको जवाफलाई गोलमोटोल गरियाे : शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) का केन्द्रीय सदस्य हिमाल शर्माले सचिवालय बैठकमा पेस गरिएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव समस्या समाधानभन्दा पनि पुराना कुरा कोट्याउन उद्दत रहेको टिप्पणी गरेका छन् । आफ्नो फेसबुकमा पेजमा पाटी अध्यक्ष ओलीको राजनीतिक प्रस्तावको आइतबार टिप्पणी गर्दै उनले सचिवालय हुँदै केन्द्रीय कमिटीमा आएपछि उचित निकास दिने पनि बताएका छन् ।

यसबारे आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् : ‘अध्यक्ष कमरेड केपी ओलीले बैठकमा प्रतिवेदन पढ्न सुरु नगर्दै मिडियाबाट पुर्ण पाठ पढ्ने अवसर मिल्यो ! सचिवालयका सदस्यको हात नपर्दै हामी कार्यकर्तालाई उपलव्ध गराउने मिडियाका साथिलाई धन्यवाद भन्नु पर्छ !

जे होस् जवाफ सहितको प्रतिवेदन आएसी अध्यक्ष कमरेड प्रचण्डको प्रस्ताव खारेज गरौ भन्ने च्याप्टर क्लोज भएको छ ! नेपाली जनताको चासोको विषयमा राखिएको प्रस्नको जवाफलाई गोलमोटोल गरिए जस्तो लाग्यो ।

एकता पछिका समस्याका कुरा कम र बिगतमा भिन्न पार्टी हुँदा बखतका कुरा बढी समावेस भएछन् क्यारे । क. प्रचण्डको प्रतिवेदनमा त पार्टी एकता पछिका कुरा मात्र छन् जस्तो लाग्छ । पुराना कुरा कोट्याउनु त वर्तमानको सवालमा उचित जवाफ नभएर पाना भर्न जस्तो पो देखियो त । पुराना कोट्टाउँदै जाने हो भने को कहाँ पुगौँला र ।

जे होस औपचारिक रुपमा प्रस्तावहरु पार्टी बैठकमा पेस भएका छन् । त्यो खुशिको कुरा हो । सचिवालय ,स्थायी कमिटी हुदै २५ गते वस्ने केन्द्रिय कमिटीको बैठकमा छलफलको लागि आओस् ।

ब्यापक मन्थन पछी केन्न्द्रिय कमिटीले उचित निकास दिने नै छ । त्यसलाई हामी सबैले सिरोधार गरौँ । पार्टी अरु एकताबद्ध हुने छ विश्वास गरौँ ।’

Sharing

प्रतिक्रिया दिनुहोस