• २०८३ मङ्सिर ४ गते बिहिवार

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, भक्तपुर । १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखाका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला भिमेश्वर नगरपालिका ७ माने घर भई भक्तपुर दुवाकोट बस्दै आएका २० वर्षीय श्याम कृष्ण केसी रहेका छन् ।

उनले बालिकालाई गत साउनमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस