मंसिर १४, काठमाडौं । बागमती प्रदेशमा उत्कृष्ट ट्राफिक प्रहरी कार्यरत निरीक्षक मोहनमान श्रेष्ठ घोषित हुनुभएको हो । विभागिय मुल्य(मान्यता,आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा जोड दिई ट्राफिक नियम मान्ने, नदेख्दा ट्राफिक नियम उलंघन गर्ने अवस्थालाई अन्त्यका लागि यस सेवालाई प्रविधिमैत्री बनाउने जस्ता ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गर्नेभएको छ ।
लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए, नभएको वा २ चालक भए, नभएको चेकजाँचको लागि ल्याईएको ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालन, कारबाही कागजपत्र तथा सवारी दुर्घटनाको अभिलेखिकरणका लागि बिशेष योगदान पुर्याउनुका साथै आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनु र सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी निरीक्षक मोहनमान श्रेष्ठ ज्युले गर्नु भएको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइराला ज्युले २०७७ साल कार्तिक “महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
