मंसिर १२, कास्की । ७१ वर्षीया वृद्धामाथि बलात्कार प्रयास गरेको आरोपमा कास्कीबाट प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका(१९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीलाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार गत मंगलबार एकल वृद्धा महिला आफ्नै घरभित्र सुतिरहेको बेला गिरी राति १० बजे जबरजस्ती घरभित्र प्रवेश गरि जबरजस्ती बलात्कारको प्रयास गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले गिरीलाई बुधबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।