फागुन १३, काठमाडौं । आईसीसी विश्वकप लिग लिग टूमा नेदरल्याण्ड्ससँग नेपालले हार ब्यहोरेको छ । आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नेदरल्याण्ड्ससँग ८ विकेटको हार ब्यहोरेको हो ।

बिक्रमजीत सिंहको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपाललाई हराएको हो । पहिलो विकेटका लागि मेक्स ओडाँड र माइकल लेविटले ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मेक्सले २८ र माइकलले ३९ रनको योगदान गरे । बिक्रमजीतले अविजित ५८ र साइब्रान्ड एनगेलब्रेक्टले अविजित ४६ रन बनाए ।
नेपालका ललित राजवंशी र दिपेन्द्र सिह ऐरीको नाममा समान एक एक विकेट रह्यो । यसअघि, सुरुवाती ब्याटिङ्ग गरेको नेपाल ३ बल बाँकी छदै १ सय ७२ रनमा समेटिएको थियो ।