मंसिर १०, कैलाली । कैलालीमा माइती घर गएकी श्रीमतीलाई बन्चरो प्रहार गरि श्रीमानले गम्भीर घाइते बनाएका छन । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ८ मलभङ्गा निवासी अन्दाजी ४५ वर्षिया चिराकी डगौराले आफ्नै श्रीमती खिडिया डगौरालाई बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएका हुन।
ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख अनिश भण्डारीका अनुसार बुधबार बिहान करिव ४ बजेको समयमा बर्दगोरिया गाउपालिका वडा नम्बर ४ नौनियामा माइतीघरमा आएकी श्रीमती माथी बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएका हुन । बन्चरो प्रहार गर्ने चिराकी डगौरा अहिले फरार हरेको र उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएके छ । गम्भीर घाइते भएकी डगौराको नेपालगन्जमा उपचार भइरहेको छ । बन्चरो प्रहारको कारण भने अझै खुल्न सकेको छैन ।