मंसिर ९, बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ को जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु र ४ जना घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा अर्की पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेका छन । उनीहरुको घटनास्थलमै मृत्यु भएकोले जनाएको छ । दुर्घटनाको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।