• २०८३ जेष्ठ ९ गते शनिवार

सवारी ज्यान मुद्धाको फरार ३ वर्षपछि पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, नुवाकोट । सवारी ज्यान मुद्धाका प्रविवादी ३ वर्षपछि नुवाकोट प्रहरीले पक्राउ गरेको छ । सवारी मुद्धामा एक वर्षको कैद सजाय तोकिएका तारकेश्वर गाउपालिका वडा नं. ०२ बस्ने बर्ष ४२ को होमनाथ सिग्देललाई पहिचान लुकाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रबक्ता प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नुवाकोट जिल्ला अदालतको फैसला अनुसार सवारी ज्यान मुद्धामा दोषी ठहरिई एक बर्ष कैद तोकिएको तर फैसला मिति पश्चात फरार रहेका उनलाई पहिचान लुकाई लुकीछिपी बसिरहेको अबस्थामा प्रहरी टोलीले पक्राउ गरी अदालत पेश गरेकोमा उनलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस