• २०८३ बैशाख १६ गते बुधवार

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, बारा । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ ।महागढीमाई नगरपालिका–८ जोलगाभा स्थित थलही पुल नजिकै लङ्गडाचोकबाट बरियारपुरतर्फ जाँदै गरेको ना.६२.प.३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत बाराको कलैया उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय राजकिशोर साहको मृत्यु भएको हो ।

घटनास्थलबाट प्रहरीले सञ्जय प्रसाद यादवलाई घाइते अवस्थामा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

 

Sharing

प्रतिक्रिया दिनुहोस