• २०८३ बैशाख ४ गते शुक्रवार

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

चैत २७, सप्तरी । सप्तरीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ मा स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सो दुर्घटनामा स ६ प ५२४३ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका ९ सर्पा बस्ने ३५ वर्षीय अनवर अलीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको र मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस