मंसिर ७, नुवाकोट । नुवाकोट शिवपुरी ४ बुढाथोकी गाउका लोक बहादुर बुढाथोकीको ढुंगा माटोले बनेको जस्ताले छाएको २ तले घरमा आगलागी भएको छ । बिजुली सर्ट भई आगलागी हुदाँ घरको माथिल्लो तला पुर्ण रुपमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रबक्ता प्रहरी नायब उपरिक्ष्म हरि बहादुर वलीका अनुसार आगलागीबाट अन्दाजी दश लाखको क्षती भएको छ । उहाँको अनुसार आगलागीबाट सुनको नौगेडि १ तोलाको १ थान, सुनको बेरु औठी १ तोलाको १ थान , काठको बक्स पलङ ४ वटा, २१ ईन्चको टि.भी, पसलको लागी बनाएको काठको –याक, टेवल ३ वटा, फ्रिजथान, काठको दराज १ वटा र धान १० क्विन्टल, कोदो ३ क्विन्टल, गहुं ४ क्विन्टल, र ४ वटा गलौचा पुर्ण क्षती भएको छ ।
प्रहरी नायब उपरिक्ष्म वलीका अनुसार आगलागीमा मानविय तथा चौपाया क्षती भएको छैन । आगलागी ईलाका प्रहरी कार्यालय सिक्रेपुरीबाट गएको प्रहरीको टोली र स्थानियको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।
https://khabar24nepal.com/22/11/2020/53451