• २०८३ बैशाख २३ गते बुधवार

दीपक भट्ट र शुलभ अग्रवाललाई हिरासतमा राख्न पुनः म्याद थप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवाललाई हिरासतमा राख्न पुनः म्याद थप भएको छ।

विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो । भट्टको हकमा म्याद थप गरिएको यो पाचौँपटक हो । उनलाई गत चैत्र १९ गते पक्राउ गरिएको थियो ।

त्यस्तै अग्रवाललाई भने छैटौँ पटक म्याद थप भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस