• २०८३ बैशाख २० गते आइतवार

चित्रबहादुर केसी कोरोना मुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ०३, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड–१९ निको भएर घर फर्किएका छन् । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मङ्गलबार कोरोनामुक्त भएसगैं घर फर्किएका हुन् ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् । अध्यक्ष के.सीको उपचार खर्च शुरुमा पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस