मंसिर ३, काठमाडौं । बुधबार दिउँसो १ बजे हुने भनेको मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारेको छ । १ बजे नेकपा सचिवालय बैठक भएकाले मन्त्रीपरिषद बैठक सारिएको हो ।
एकै समयमा मन्त्रीपरिषद र सचिवालय बैठक बोलाईएपछि नेकपा भित्र तरङ्ग नै पैदा भएको थियो । प्रधानमन्त्रीले सचिवालय बैठक सार्नका लागि यस्तो गरेको आरोप लागेपछि मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारिएको हुन सक्ने नेकपाका एक नेताले बताए ।