मंसिर ३, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बुधबार बस्दैछ। पूर्वनिर्धारित सचिवालयको सहमतिअनुसार बैठक आज बुधबार बस्न लागेको हो ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हिजो भेट्न शीतल निवासमा पुग्नु भएको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेको बाहिरिएको केही घण्टामै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो । नेकपा विवादको अवस्थामा दुबै अध्यक्षले राष्ट्रपतीलाई भेट्नुलाई अर्थपुर्ण तरिकामा हेरिएको छ ।