कार्तिक ३०, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ८०७ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ४७६ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ८०७ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयले थपिएका सङ्क्रमितमध्ये ३५२ जना महिला र ४५५ जना पुरुष रहेको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार हाल काठमाडौंमा १५ हजार २३७, ललितपुरमा दुई हजार ३१५ र भक्तपुरमा एक हजार २५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि एक हजार ४७७ सङ्क्रमित थपिएका छन् । दुई हजार ७९८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।