• २०८३ बैशाख ८ गते मङ्गलवार

बुटवलमा थप २ जना कोरना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बुटवल, १३ मंसिर । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको गएराति निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

मंसिर ९ गते कोरोना पुष्टि भएका कपिलवस्तु  २ का  पुरुष र मंसिर ५ गते कोरोनाको कारण भर्ना भएका बुटवल उपमहानगरपालिका ७ का अर्का पुरुष  तथा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

उनीहरु दुबैजना पहिलेदेखि नै मृगौलाको बिरामी रहेर डाईलासिस गरिरहेको समेत अस्पतालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस