कात्तिक २८, काठमाडौं । कोरोना महामारीको समयमा सामाजिक र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार सर्वाङ्ग कृषि सहकारी संस्था लि. ले आफ्नो छैठौं साधारण सभा सम्पन्न गरेको छ । प्रमुख अथिती संघिय सासद अन्जना विसुङ्खेद्धारा उद्घाटन गरिएको साधारण सभामा बाग्मती प्रदेश सांसदहरु रमा आले मगर, प्रकाश श्रोष्ठ, केशव पोखरेल र बेलीमाया घले विशेष अतिथी हुनुहुन्थ्यो ।

सरकारी नितीमा नै समस्या भएका कारण नै गरिब जनताले भनेको समयमा ऋण पाउन नसकेको कुरामा जोड दिदैं सरकारले तिनखम्बे निती अन्र्तगत सहकारीलाई पनि सामेल गरेपनि राष्ट्र बैकले सहकारीलाई उक्त नितीमा सामेल नगरेको बताउदैं प्रमुख अतिथी विसुङ्खेले साना-साना ऋण सहकारीको माध्यमबाट दिनेगरी सरकारी निती अनुरुप एक खम्बा मानिएको सहकारीलाई पनि अगाडी बढाउने गरि छलफल अगाडी बढाउनु पर्ने बताउनु भयो । उहाँले सरकारको बजेट पुर्ण रुपमा खर्च नहुदाँ वाणिज्य बैकहरुमा फ्रिज भएर बस्ने भएकाले उक्त रकम न जनतामा न विकासमा खर्च हुने भन्दै वाणिज्य बैक मात्र मोटाउजे अवस्थाको अन्त्य गर्न आवस्यक नितीको आवस्यकता परेको बताउनु भयो ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य प्रकाश श्रोष्ठले तिन तहको सरकार सहकारी व्यवस्थापन गर्न लागिपरेको बताउदै प्रदेस स्तरिय सहकारीको निति अनुरुप यो सहकारी सञ्चालन भएकोमा बधाई व्यक्त गर्नु भयो । उहाँले सहकारी आनदोलनमा लागेको यस सहकारीलाई बाग्मती प्रदेशभरी कार्य क्षेत्र थपेर काम गर्न अनुरोध गर्दै कृषिमा नयाँ क्रान्ति ल्याउन सकोस भनि शुभकामना दिनुभयो । उहाँले कृषि कार्यमा लागेका साचीकैका किसानहरु पहुँच भएके ठाउमा पुग्न नसकेको बताउदैं जनप्रतिनिधीहरुले उनिहरुलाई सहजीकरण गरिदिजुहुन अनुरोध गर्नुभयो । कार्यक्रममा बाग्मती प्रदेश सनंसद रमा आलेले छैठौं साधारण सभाको शुभकामना व्उक्त गर्दै लकडाउनको कारण परेको असरले कृषि क्षेत्रमा काम गर्नेलाई झन बढि असर गरेको बताउदै कृषि स्व निर्भर बनाउने महत्वपुर्ण क्षेत्र भएकाले कृषि क्षेत्रमा लाग्नेलाई हौसला दिनुपर्ने बताउनु भयो ।

कार्यक्रमा बाग्मती प्रदेश सांसद केशव पोखरेलले यस्तो महामारीको समयमा पनि समयमै साधारण सभा सम्पन्न गरेकामा सहकारीलाई बधाई दिनुभयो । उहाँले उत्पादनसगँ जोडिने कार्यक्रमहरु ल्याउन सहकारीलाई अनुरोध गर्नुभयो । कार्यक्रममा सर्वाङ्ग कृषि सहकारी संस्था काठमाडौं, चितवन र धादिङ कार्यक्षेत्र भएके सहकारी भएकाले आफ्नो कार्यक्षेत्र भित्र कृषकलाई उत्पालनसगँ जोड्ने योजनाहरु सहित संस्थाका अध्यक्ष शिवकुमार मर्हजनले संस्थाको वार्षिक प्रतिवेदन र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

सहकारीको केन्द्रिय कार्यालय चन्द्रागिरी १२ मा सहकारीको साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम संस्थाका सचिव नविन मर्हजनले सञ्चालन गर्नु भएको थियो ।


