• २०८३ बैशाख ३० गते बुधवार

अमेरिकामा एकैदिन एक लाख बढी कोरोना संक्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २७, एजेन्सी । अमेरिकामा बुधबार संक्रमितको संख्यामा नयाँ रेकर्ड स्थापित भएको छ । यहाँ एकैदिन एक लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा एकैदिन १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । कूल बिरामीको संख्या केही दिन अघि मात्रै एक करोड पार गरेको थियो । यसैबीच न्यूयोर्कका गर्भनर एन्ड्रू कूमोले राज्यमा नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।

कूमोले भने, ‘यसो नगरी हामी संक्रमणलाई कम गर्न सक्दैनौं । अब यहाँ नीजि पार्टी गर्न मनाहि छ । व्यापारको लागि पनि नयाँ दिशानिर्देश जारी गर्न सकिनेछ । ’ न्यूयोर्कमा मात्रै बिहिबार १,६२८ संक्रमित भेटिए भने २१ जनाको मृत्यु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस